मधेस प्रदेशसभाको बैठक फेरि सारियो

काठमाडौँ - मधेस प्रदेशको प्रदेशसभा बैठक विशेष कारण जनाउँदै फेरि सारिएको छ। 

उक्त बैठक चैत ९ गते बुधबारका लागि आह्वान गरिएकामा प्रदेशसभा सचिवालयले आज जारी  गरेको सूचनामा  विशेष कारण जनाउँदै चैत ११ गते दिउँसो २ बजे बस्ने गरी सारेको हो। यसअघि गत फागुन २२ मा  बोलाइएको बैठक चैत ९ गतेका लागि सारिएको थियो। बैठक बस्न ढिलाइ हुँदा प्रदेश सरकारद्वारा अघिल्लो बैठकमा पेश भएको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुन सकेको छैन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×