जस्टिन बिबरको अनुहारको आधा भाग प्यारालाइज्ड

काठमाडौँ - क्यानडियन पपस्टार जस्टिन बिबरको अनुहारको आधा भागमा प्यारालाइसिस भएको छ। उनले आफ्नो इन्स्टाग्राममा एक भिडिओ पोस्ट गर्दै अनुहारमा प्यारालाइसिस भएको जानकारी दिएका छन्। 

‘तपाईं देख्न सक्नु हुन्छ म एउटा आँखा झिम्क्याउन सक्दिनँ। एकातिरको भाग नचल्दा हाँस्न पनि सकेको छैन। नाक पनि चलाउन मिल्दैन। त्यसैले एकतर्फ अनुहारको एक साइड त पुरै प्यारालाइसिस भएको छ,’ उनले भनेका छन्।

२८ वर्षे जस्टिनलाई राम्से हन्ट सिन्ड्रोमका राेग लागेकाे बताइएको छ। यही रोगका कारण उनले टोरन्टो र डीसीमा हुने कन्सर्ट रद्द गर्नुपरेको बताएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×