चोटका कारण जर्मनीका वेर्नरले विश्वकप गुमाउने

काठमाडौँ - जर्मनीका फरवार्ड टिमो वेर्नरले कतारमा यही महिना कतारमा सुरु हुने पिफा विश्वकप फुटबल गुमाउने भएका छन्। एंकलको चोटका कारण वेर्नरले कतार विश्वकप गुमाउने भएका हुन्।

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार आरबी लाइपजिगले साख्तर डोनेस्कलाई ४-० ले पराजित गर्दा वेर्नर घाइते भएका थिए। २६ वर्षीय वेर्नर १९ मिनेटपछि नै मैदानबाट बाहिरिएका थिए। वेर्नरको क्लब लाइपजिगले बिहीबार उनको चोट पुष्टि गर्दै २०२२ भरीका लागि खेल बाहिर हुने जनाएको छ।

वेर्नरले जर्मनीका लागि ५५ खेल खेल्दै २४ गोल गरिसकेका छन्। प्रिमियर लिग क्लब चेल्सीका लागि समेत खेलेका उनी यसै वर्ष फेरि लाइपजिगमै फर्केका थिए।

वेर्नर सन् २०१८ को विश्वकप र युरोकप २०२० मा जर्मनीको टिममा थिए। यही नोभेम्बर २० देखि कतारमा सुरु हुने विश्वकपमा जर्मनीले जापानसँग पहिलो खेल नोभेम्बर २३ मा खेल्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×