सिद्धार्थ बैंकलाई कामना सेवा फुटसल उपाधि

काठमाडौँ - दोस्रो संस्करणको कामना सेवा फुटसल कपको उपाधि सिद्धार्थ बैंकले जितेको छ। हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा शनिबार भएको फाइनलमा सिद्धार्थले प्रभु बैङ्कलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले हरायो।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा सिद्धार्थ बैंकका शान्तिराम कार्की, सञ्जीव श्रेष्ठ र राजु श्रेष्ठले गोल गरे। प्रभु बैंकका केशव योगी र विकास तामाङले गोरे। अमनराज बज्राचार्य गोल गर्नबाट चुकेका थिए।

उपाधिसँगै सिद्धार्थले ट्रफी, मेडल, प्रमाणपत्र तथा केटीएम सिटीबाट ४५ हजार रुपियाँ बाबरको गिफ्ट भौचर प्राप्त गरेको छ। उपविजेता प्रभुले जेन्स पार्कको तर्फबाट ८ सय रुपियाँ बराबरको गिफ्ट भौचर प्राप्त गरेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×