काठमाडौँ - फिफा विश्वकप २०२२ को तेस्रो खेलमा सेनेगललाई हराउँदै नेदरल्याण्ड्सले विजयी सुरुवात गरेको छ। दोहाको अल थुमामा रंगशालामा सोमबार राति सेनेगललाई २-० गोल अन्तरले हराउँदै नेदरल्याण्डले जित हात पारेको हो।
खेलको ८४ औँ मिनेटमा नेदरल्याण्ड्सका कोडी गाक्पोले हेडिङ गर्दै पहिलो गोल गरेका थिए। त्यसपछि फेरि इन्जुरी समयमा क्लासेनले अर्को गोल गरेका थिए। समूह ए मा रहेको नेदरल्याण्ड दोस्रो स्थानमा रहेको छ। यो जितसँगै नेदरल्याण्डले ३ अंक जोडेको छ।