प्लाष्टिक झोला मुक्त गरिएपछि फेब्रिकका झोला उत्पादन गरिँदै

काठमाडौँ - प्लाष्टिकको झोला मुक्त गरिएको इलाममा फेब्रिकका झोला उत्पादनका लागि उद्योग स्थापना गरिएको छ। 

इलामको रोङ गाउपालिका–३ कुटिडाँडास्थित माता पाथीभरा साना पर्यटन व्यवसायी समूहले गाउँपालिकासँगको सहकार्यमा सो उद्योग स्थापना गरेको हो। इलाममा कालो पोलिथिनको झोला बोक्न नपाइने भएपछि  विकल्पमा फेब्रिक झोलाको प्रयोग बढ्न थालेकाले यसका लागि उद्योग स्थापना गरिएको बताइएको छ। रु. ४ लाख ४७ हजारको लागतमा उद्योग स्थापना गरिएकामा उक्त समूहले रु. दुई  लाख ४६ हजार र  गाउँपालिको रु. दुई लाख एक हजार व्यहोरेको समूहका कोषाध्यक्ष किरण राउतले बताए। यस्ता झोलाले वातावरण प्रदुषण नगर्ने र प्लास्टिकको झोला प्रयोगमा रोक लगाउने अभियानलाई सहयोग गर्ने उनको भनाइ छ। उक्त समूहले यसअघि गाउँमै साना उद्योग स्थापना गरी अगरबत्ती उत्पादन गर्दै आएको छ। उत्पादित अगरबत्ती कुटिडाँडा, कोल्बुङ, हर्कटे तथा आसपासको क्षेत्रमा बिक्री हुँदै आएको अध्यक्ष राम खवासले बताए। पाथीभरा मन्दिर आसपासमा व्यापार गर्ने ब्यपारी सङ्गठित भइ स्थापना गरिएको सो समूहले समूदायमा सचेतनामूलक  कामसमेत गर्दै आएको स्थानीय पत्रकार गणेश अर्यालले बताए। 

यसैगरी, समूहले पाथीभरा मन्दिर सफा गर्नाका साथै, विपतमा  परेकाहरूलाई सहयोग समेत गर्दै आएको उपाध्यक्ष दिनेश निरौलाको भनाइ थियो। उत्पादित  झोला व्यावसायिक रूपमा बजारमा ल्याइने र यसबाट ब्यापारी तथा ब्यवसायीलाई समेत सहज हुने अनुमान गरिएको छ । सामान खरिद तथा बिक्रीका लागि यो झोलाको माग बढ्न थालेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×