विरोधका बीच क्यानडाका प्रधानमन्त्री ओटावाबाट अन्यत्र प्रस्थान

एजेन्सी। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको परिवारले कोरोनाभाइरस प्रतिबन्धको विरूद्ध ट्रकको विरोधको बीचमा राजधानी शहरमा रहेको आफ्नो घर छोडेको क्यानाडाली सञ्चार माध्यमले जनाएका छन्।

ट्रूडो र उहाँको परिवारलाई ओटावाको फरक स्थानमा सारिएको थियो। सीबीसीले शनिबार  जनाएअनुसार ट्रुडो र क्यानाडाली जनस्वास्थ्य उपायहरूको निन्दा गर्ने ब्यानरसहितका ट्रकहरू संसद् भवनको अगाडि वेलिंग्टन स्ट्रीटमा भेला भइरहेका थिए।

यसअघि शनिबार हजारौं ट्रक र सयौं अन्य प्रदर्शनकारीहरू कोभिड-१९ नियन्त्रणका निम्ति जारी उपाय र प्रतिबन्धका विरोधमा ओटावामा भेला भएका थिए। सीबीसीका अनुसार आन्दोलन अहिलेसम्म शान्तिपूर्ण रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×