एजेन्सी। हलिउडका लोकप्रिय अभिनेता लियोनार्डो डिक्याप्रियोले युक्रेनलाई आर्थिक सहयोग गरेका छन्। खबरका अनुसार अस्कर विजेता कलाकार लियोनार्डोले करिब १० मिलियन अमेरिकी डलर सहयोग गरेका छन्। रुसविरुद्ध युद्ध गरिरहेको युक्रेनलाई उनले सहयोग गरेका हुन्।
उनले आफ्नो भावनात्मक सम्बन्धका कारण युक्रेनलाई सहयोग गरेको बताईएको छ किनकी उनको मावलीपट्टीको हजुरआमा युक्रेनी थिइन्। युक्रेनको ओडेसामा उनको जन्म भएको थियो। तर, पछि उनी बसाइँ सरेर जर्मनी गएकी थिइन्।लियोनार्डोकी हजुरआमासँग उनको निकै गहिरो सम्बन्ध रहेको थियो। सन् २००८ मा उनको निधन हुनुअघिसम्म लियोनार्डोको हरेक चलचित्रको प्रिमियरमा उनी पुग्थिन्।