युक्रेन - रूसी सेनाहरु युक्रेनको राजधानीमा पुगिसकेका छन्। युक्रेन र रुस बिच अहिले सडकमा नै भिडन्त सुरु भइसकेको छ। युक्रेनी समाचार एजेनुसी इन्टरफ्याक्सले आफ्नै सहरको सडकमा भिडन्त भइरहेको बताएको छ।
संचारमाध्यमहरुले सर्वसाधारणहरुलाई सुरक्षित स्थानमा बस्न र झ्याल वा बरन्डाहरुमा ननिसकत चेतावनी दिएका छन्। युक्रेनमाथि रुसले सैनिक कारवाही सुरु गरेको तेस्रो दिनमा आइ पुग्दा रुसी सेनाहरु युक्रेनको राजधानी किभको सडकमा आइपुगिसकेका छन्। शनिबार युक्रेनको सबै मुख्य शहरहरुमा विस्फोट भएका छन्।
यसैबीचमा युक्रेनले ३सय रुसी सेना बोकेको दुईवटा विमान खसाएको दाबी गरेको छ भने रुसी सैनिकले किभको विमानस्थलमा कब्जा गरिसकेको बताएको छ।