काठमाडौँ - भारतले आठ नामिबियाली चितुवाहरूलाई जंगलमा छाडेको छ। लोप हुँदै गएका चितुवाहरूलाई पुनः संरक्षित गर्ने महत्वाकांक्षी परियोजनाअन्तर्गत शनिबार मध्य प्रदेशको कुनो राष्ट्रिय निकुञ्जमा ती चितुवा छाडिएका हुन्।
प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म दिन पारेर उक्त चितुवा निकुञ्जमा छाडिएको हो। छाडिएका चितुवामध्ये पाँच ओटा पोथी र तीन ओटा भाले छन्।