काठमाडौँ - अर्थर गनको रुपमा चर्चित अमेरिकी आइडलका फाइनलिस्ट दिवेश पोखरेलको पहिलो नेपाल टुरको कन्सर्ट मिति निश्चित भएको छ।
साउन ३१ गते काठमाडौँमा आइपुग्ने उनले ७ वटा सहरमा १० वटा कन्सर्ट गर्दैछन्। भदौ ४ गते काठमाडौँमा, ८ गते भरतपुरमा, १० गते पोखरामा र १५ गते बुटवलमा कन्सर्ट हुने भएको छ।
आयोजक संस्था ब्रेन सर्भिसिङका संस्थापक रिसन महर्जनका अनुसार ४ सहरबाहेक कीर्तिपुर, धरान, बिर्तामोड र बुटवलमा समेत कन्सर्ट हुनेछ। नेपाल भ्रमणमा दिवेशले पर्यटन र संस्कृति प्रवद्र्धनका लागि हुने कार्यक्रममा समेत भाग लिनेछन् भने सञ्चारकर्मीसँग समेत अन्तरक्रिया गर्ने जनाइएको छ। ब्यान्डका अन्य ४ सदस्यसहित अर्थर काठमाडौं आउने भएका छन्।
हस्की स्वरले चर्चित दिवेशलाई काठमाडौँमा भव्य स्वागतसहित उनको घरसम्म लैजाने कार्यक्रम रहेको छ। सन् २०२० को अमेरिकी आइडलमा फस्ट रनरअप भएयता उनी पहिलोपटक नेपाल आउन लागेका हुन्।
गत महिना उनले लन्डनमा पनि कन्सर्ट गरिसकेका छन्।