मार्क बाउचर मुम्बई इन्डियनको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) को सबैभन्दा सफल टिम मुम्बई इन्डियन्सले सन् २०२३ को आईपीएलका लागि मार्क बाउचरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

दक्षिण अफ्रिकाका पूर्व विकेटकिपर ब्याट्सम्यान बाउचरले अर्को महिनादेखि सुरु हुने आईसीसी टी-२० विश्वकपपछि दक्षिण अफ्रिकी टिमको मुख्य प्रशिक्षक पद छाड्ने भएपछि मुम्बईले उनलाई प्रशिक्षक नियुक्त गरेको आईएएनएसले जनाएको छ।

मुम्बईले ५ पटकका आईपीएलको उपाधि जितेको छ। खेल जीवनबाट सन्न्यास लिएपछि बाउचरले दक्षिण अफ्रिकी टिम टाइटन्सको प्रशिक्षक बन्दै टाइटन्सलाई ५ पटक दक्षिण अफ्रिकाको फ्रेन्चाइज लिगको उपाधि दिलाएका छन्।

सन् २०१९ मा बाउचर दक्षिण अफ्रिकाको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। उनले दक्षिण अफ्रिकालाई ११ टेष्ट, १२ एकदिवसीय र २३ टी-२० खेलमा विजयी बनाएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×