बको चुनाव व्यक्ति होइन, देश र सिस्टमका लागि हो : सागर ढकाल

अभियन्ता सागर ढकालले उदाउँदा र नयाँ पुस्ताका नेताहरूले देशका पुराना र प्रभावशाली तीन शीर्ष नेतासँगै प्रत्यक्ष निर्वाचन प्रतिस्पर्धा गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले अबको चुनाव व्यक्ति, क्षेत्र वा जिल्लामा सीमित नभई देशको भविष्य र शासन प्रणालीको सुधारसँग जोडिनुपर्ने बताए।

ढकालले पछिल्ला ७५ वर्षको राजनीतिक अभ्यासलाई स्मरण गर्दै नेताहरू फेरिँदै आए पनि अपेक्षित रूपमा देश नबन्नुको मुख्य कारण संस्था र नियमहरू कमजोर रहनु रहेको उल्लेख गरे। उनका अनुसार बलियो नेतृत्वभन्दा पनि बलियो प्रणाली र संस्थागत संरचना निर्माण नै मुलुकको दीर्घकालीन विकासको आधार हो।

नयाँ पुस्ताका नेताहरूले पुराना नेतासँग प्रत्यक्ष प्रतिस्पर्धा गर्दा “मेरो क्षेत्र” भन्ने सीमित सोचबाट बाहिर निस्केर “हाम्रो देश” भन्ने साझा जिम्मेवारीको भावना विकास हुने ढकालको भनाइ छ। यसले राजनीतिमा नीति, उत्तरदायित्व र दीर्घकालीन दृष्टिकोणलाई प्राथमिकता दिन मद्दत गर्ने उनको विश्वास छ।

उनले शक्तिशाली र स्थापित नेताहरूलाई चुनौती दिन हिच्किचाउनु नै पुरानै अभ्यासलाई निरन्तरता दिने कारण भएको उल्लेख गर्दै लोकतान्त्रिक प्रक्रियामार्फत प्रत्यक्ष प्रतिस्पर्धा नै परिवर्तनको सही बाटो भएको बताए। ढकालको यो अभिव्यक्तिले आगामी निर्वाचनलाई लिएर नयाँ पुस्ताको भूमिका र राजनीतिक संस्कृतिबारे बहसलाई थप चर्काएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×