भारत। बलिउड अभिनेता जोन अब्राहम अहिले आफ्नो आउँदो चलचित्र 'एट्याक'का कारण चर्चामा रहेका छन्। अब उनको यस चलचित्रसँग सम्बन्धित एक ताजा खबर बाहिरिएको छ। रिपोर्टका अनुसार निर्माताले चलचित्र २५ फेब्रुअरीमा प्रदर्शनमा ल्याउने तयारी गरिरहेका छन्। यसअघि खबर आएको थियो कि चलचित्र भारतको 'रिपब्लिक डे'का अघिपछीका दिनमा प्रदर्शनमा आउनेछ। तर, निर्माण पक्षले कोरोनाको बढ्दो खत्रालाई मध्येनजर गर्दै चलचित्रको प्रदर्शन मिती सार्ने निर्णय लिएको हो। लक्ष्य राज आनंदको निर्देशनमा बनेको चलचित्रमा जोनका अलावा ज्याक्लिन र रकुल प्रीत पनि मुख्य भूमिकामा रहेका छन्।