प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलको समर्थन

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बहुमतको सरकार बनाउन ७ दलको समर्थन रहने भएको छ। एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा हिजो बसेको बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलले समर्थन गर्ने सहमति जुटेको हो। यससँगै एमाले र अन्य दलहरुको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुने निश्चित भएको छ। 

जसअनुसार माओवादी केन्द्रका प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहनेछ। ती सबै पार्टीबाट सांसदको संख्या १६६ हुन आउँछ।  प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसद छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×