काठमाडौँ - भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा १८ हजार तीन सय १३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ।
हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या करिब चार करोड ३९ लाख ३८ हजार ७६४ पुगेको छ। हाल यहाँ एक लाख ४५ हजार २६ सक्रिय सङ्क्रमित छन्।
सोही अवधिमा २० हजार सात ४२ सङ्क्रमणमुक्त भएका छन्। योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ६७ हजार पाँच ७१ हजार पाँच भन्दाबढी पुगेको छ।
मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट ५७ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोनाबाट पाँच लाख २६ हजार एक सय ६७ जनाको मृत्यु भएको छ।