बर्दिया क्षेत्र नं २ को चुनावी सर्गर्मी : कसको पोल्टामा पर्ला जनताको मत?

बर्दिया - बर्दिया क्षेत्र नं २ को आसन्न प्रतिनिधिसभा एवं प्रदेश सभाको चुनावी माहोल निकै रोचक देखिएको छ। यसपटक जनताको मत कस्तो हुनेहो भन्नेमा यसै भन्न सकिने अवस्था छैन। सबै पार्टीका उम्मेदवारहरु निकै हड्बडाइ रहेका देखिन्छन्। 

तर नेपाली कांग्रेस परित्याग गरी राप्रपाबाट उम्मेदवारी दिएका विनय रावल भने निर्धक्कका साथ आफ्नो चुनावी प्रचार प्रसार गरिरहेका छन्। बर्दियाको उक्त क्षेत्रमा नेता रावलले गरेका सामाजिक कार्यहरुका कारण पनि जनता उनी प्रति आशावादी रहेका छन्। त्यसैले पनि उनलाई चुनावमा जनताको मत आफ्नो पोल्टामा खस्नेमा ढुक्क रहेको बुझ्न सकिन्छ। 

उसो त चुनाव हो यसै भन्न नसकिएला। यस अघि २०६४ सालदेखि माओवादी केन्द्रले प्रतिनिधिसभा जित्दै आएको क्षेत्र भएका कारण उनको प्रतिद्वन्दीका रुपमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थ अग्र स्थानमा रहेका छन्। अघिल्ला चुनावको मतलाई अंक गणीतीय हिसाबले मात्र हेर्ने हो भने गठबन्धनको बढी मत त देखिन्छ तर विनय रावलले त्यस क्षेत्रका लागि पुर्‍याएको योगदान र समाजसेवा भावले उनी प्रति जनताहरु आकर्षित रहेको देख्न सकिन्छ।

यस बहेक यहाँ नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीका बुवा लालवीर चौधरीको स्वतन्त्र उम्मेदवारी रहेको छ भने एमालेका पंकज सिंह राठोरसँग पनि रावलले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।

नेता रावल अन्य दलमा आस्था राख्ने मतदाताले पनि आफ्नो सुकार्य र उक्त क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै आफूलाई मत दिनेमा विस्वस्त रहेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×