काठमाडाैँ - इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शनिबार) दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ। मुम्बईमा हुने मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीचको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।
आजको खेलमा जित निकाल्दै दिल्ली प्लेअफमा पुग्ने योजनामा छ। दिल्लीलाई प्लेअफ पुग्न आजको खेलमा जित निकाल्नु पर्ने बाध्यता छ। आजका खेलमा पराजित भए दिल्लीको यो सिजन आईपीएल यात्रा समाप्त हुनेछ। यता मुम्बई आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ।
लिगमा १३ खेल खेलेको दिल्ली १४ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहेकाे छ। चौथो स्थानमा रहेको बैंगलोरको १४ खेलबाट १६ अंक छ। दिल्लीले जित निकाल्न नसकेमा बैंगलोर प्लेअफमा पुग्नेछ। दिल्लीले जितेमा समान १६ अंक भएपनि नेटरनरेटका आधारमा दिल्ली प्लेअफमा पुग्ने छ।