काठमाडौं । सौर्य एयरलान्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ।
विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको बताइएको छ । विमान पोखरा उड्ने क्रममा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।
विस्तृत विवरण आउन बाँकी छ ।