युक्रेनमा फुटबल लिगका बाँकी खेल नहुने

काठमाडौँ -  युक्रेनको यस सिजनको प्रिमियर लिग फुटबलका बाँकी खेलहरु नहुने भएको छ। साथै कुनै पनि टिमलाई उपाधि नदिइने लिगले जनाएको छ।

देशमा जारी 'मार्सल ल' का कारण यस सिजनको लिग समाप्त गरिएको तथा कुनै पनि टिमलाई उपाधि नदिइने लिगले जनाएको हो। रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरेपछि युक्रेनमा 'मार्सल ल' लागू गरिएको छ।रुसले युक्रेनमाथि फेब्रुअरीमा आक्रमण गरेदेखि लिगका कुनैपनि खेलहरु भएका छैनन्।

लिगमा सख्तर डोनेस्कले १८ खेलबाट ४७ अंक जोड्दै लिगमा अग्रता बनाएका  थिए। फेब्रुअरी २४ मा रहेको अंक तालिका नै अन्तिम हुने छ। युक्रेनबाट लिगका शीर्ष दुई टिमले च्याम्पियन्स लिगमा छनोट हुने प्रावधान रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×