भारत। कलाकारहरुको सिने खबरका लागि उनका प्रशंसकहरु जति उत्साहित हुन्छन् त्यती नै उनीहरुको व्यक्तिगत जीवनसँग सम्बन्धित खबरका लागि हुन्छन्। कलाकारहरुको प्रेमसम्बन्ध देखि लिएर दुश्मनीसम्म प्रशंसकहरुको चासोको कुरा रहने गरेको छ।
यसैबिच खबर आएको छ कि लामो समयदेखि दुई बलिउड अभिनेत्री करिना कपुर र अमिषा पटेलबिच रहेको दुश्मनी सकिएको छ। बिगत लामो समयदेखि उनीहरुको दुश्मनीको अफवाह बलिउड सिने जगतमा चल्ने गरेको थियो।
तर, हालै अमिषाले यसबारेमा बोलेकी छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार अमिषाले करिनाको प्रशंसा गर्दै आफू र करिनाबीच कुनै पनि दुश्मनी नरहेको बताएकी छिन्।