दिया र राजुको सगरमाथा यात्रा

काठमाडौँ - नेपालका चर्चित गायक राजु लामा र अभिनेत्री दिया पुन सगरमाथा आरोहणका लागि तयार भइरहेका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरु आरोहणका लागि निस्किन लागेको जानकारी गराएका थिए।

अभिनेत्री दीया पुनले ६ तारिखबाट आरोहण यात्रा थाल्नेछिन् भने राजु लामाले १० तारिखबाट बेस क्याम्पको यात्रा थाल्ने जानकारी गराएका छन्। अभिनेत्री दीया पुनले विश्वकै अग्ला सात हिमाल चढ्ने लक्ष्य रहेको र यही लक्ष्यअनुसार सगरमाथा चढ्न लागेको जानकारी गराइन्।

उनले एलिट एक्सपेडिसनसँग मिलेर सगरमाथा आरोहण गर्नेछिन्। एलिट एक्सपेडिसन निम्स पूर्जाको कम्पनी हो। निम्स भर्खरै नेटफ्लिक्सको ‘१४ पिक्स’ फिल्ममार्फत विश्वभर छाएका थिए। गायक राजु लामाले वातावरण परिवर्तनका असरबोर जनचेतना जगाउन पनि आफू हिमाल आरोहण गर्न लागेको बताए। उनले आरोहणकै दौरानमा कन्सर्ट गर्न लागेको पनि जानकारी गराएका थिए।  

राजु लामा र दीयाले फरक फरक दिनमा यात्रा गरे पनि बेस क्याम्पमा भेट्न सकिने बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×