काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानका प्रधानमन्त्री फुमिओ किशिदाका बीचमा छलफल भएको छ।
दुई नेतृत्वबीच भर्चुअल माध्यमबाट भएको सो डिजिटल छलफल कोरोनाभाइरसको महामारी र सुरक्षाका विषयमा केन्द्रीत भएको अधिकारीहरुले जनाएका छन्। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पनि दुई पक्षीय हित, साझा सरोकार र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा उनीहरुले छलफल गरेको जनाएको छ। त्यसैगरी, जलवायु परिवर्तन र नयाँ नयाँ प्रविधिका बारेमा समेत उहाँहरुका बीचमा छलफल भएको ह्वाइट हाउसद्धारा जारी वक्तव्यमा जनाइएको छ।
“बैठकमा विषेश गरेर अमेरिका र जापानको सम्वन्ध, सहकार्य, शान्ति र सुरक्षा, इन्डो प्यासेफिक क्षेत्रको स्थिरतालगायका बारेमा छलफल भएको छ,” वक्तव्यमा लेखिएको छ। बाइडेन र किशिदाका बीचमा भौतिक भेट भने कोप२६ शिखर सम्मेलनको सिलसिलामा स्कटल्याण्डमा भएको थियो।