काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले मंगलबार थापाथलीस्थित हुण्डाई, टाटा, सुजुकी र सिजिका अटो शोरुमहरूमा भएको आगलागीबाट क्षतिको स्थल अवलोकन गरेका छन्। सो क्रममा अर्थसचिव घनश्याम उपाध्याय समेत उपस्थित थिए।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले अटो शोरुमहरूमा आगजनी गरेका थिए, जसले व्यवसायी र लगानीमा ठूलो क्षति पुर्याएको छ। अर्थमन्त्री खनालले घटनापछि शीघ्र राहत र पुनर्निर्माणका लागि आवश्यक कदम चाल्ने सरकारको प्रतिबद्धता दोहोर्याएका छन्।