आर्यन खानद्वारा पासपोर्ट फिर्ता दिन माग गर्दै अदालतमा निवेदन

काठमाडौँ - गत वर्षको क्रुज लागुऔषध मामिलामा नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)बाट क्लिन चिट पाएका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनले बिहीबार एक विशेष एनडीपीएस अदालतसमक्ष आफ्नो पासपोर्ट फिर्ता गर्न माग गर्दै निवेदन दिएका छन्।

अदालतले एनसीबीलाई जवाफ दिन निर्देशन गरेको छ र मामिलाको सुनुवाइका लागि १३ जुलाईको मिति तय गरेको छ। आर्यनलाई एनसीबीले गत वर्ष अक्टोबरको सुरुवातमा हाइप्रोफाइल लागुऔषध मामिलामा पक्राउ गरेको थियो। तर जाँच एजेन्सीले मे मा दायर आरोपपत्रमा उनको नाम आरोपीको रूपमा उल्लेख गरेको थिएन्। आर्यनले जमानतको सर्तअनुसार अदालतमा आफ्नो पासपोर्ट जम्मा गरेका थिए।

‘एनसीबीले ‘पर्याप्त प्रमाणको अभाव’ को कारण जनाउँदै आर्यन र अन्य पाँचलाई छोडेको थियो। बिहीबार आर्यनले आफ्ना वकिलको माध्यमबाट विशेष अदालतमा एक निवेदन दिँदै पासपोर्ट फिर्ता गर्न माग गरेका हुन्।

२४ वर्षे आर्यनलाई एनसीबीले गत वर्ष ३ अक्टोबरमा मुम्बईको तटबाट गोवा जाने एक जहाजमा छापा मारेपछि पक्राउ गरेको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×