नवलपुरबाट श्रीमान्‌को हत्याको आरोपमा महिला पक्राउ

नवलपुर - आफ्नै श्रीमानको हत्याको अभियोगमा एक महिला पक्राउ परेकी छिन्। ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको अभियोगमा नवलपुरमा उनी पक्राउ परेकी हुन्। पक्राउ पर्नेमा ६५ वर्षीया श्याम कुमारी भिरकट्टा रहेकी छिन्।

प्रहरीका अनुसार श्यामकुमारीले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएका चमन सिहंको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु हो। अभियुक्तलाई ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×