काठमाडौँ - प्रि-सिजनको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुलमाथि सानदार जित निकालको छ। गएराति भएको खेलमा युनाइटेडले लिभरपुललाई ४-० गाले अन्तरले पराजित गरेको हो।
युनाइटेडलाई फराकिलो जित दिलाउनको लागि जोडन सन्चो, फ्रेड, एन्टोनी मार्सियल र फाकुन्डो पेलिस्त्रीले समान १–१ गोल गरेका थिए। स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो भने खेलमा अनुपस्थित रहेका थिए। युनाइटेडले पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा १ गोल थपेको हो।
खेलको १२अैँ मिनेटमा सन्चोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। ३०अैँ मिनेटमा फ्रेडीले गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसको ३ मिनेटपछि मार्सियलले गोल गर्दै पहिलो हाफमा युनाइटेडलाई ३-० को अग्रता दिलाएका थिए।
दोस्रो हाफको ७६औँ मिनेटमा पेलिस्त्रीले गोल गर्दै युनाइटेडलाई फराकिलो जित दिलाए। यता लिभरपुलले भने केहि आक्रमणमा अवसर सिर्जना गरेपनि गोल फर्काउन भने सकेन।
यो प्रशिक्षक एरिक टेन हागको पहिलो खेल हो। जसमा युनाइटेडले उत्कृष्ट प्रदर्शन गरेको छ।