काठमाडौँ । आफ्नो आन्दोलन असफल भएको देखि सकेका नेपाल बार एशोसिएसन अचेल दलहरु गुहार्नमा व्यस्त छन् । आफ्ना निहित स्वार्थ र आफूले ईच्छाएका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने उद्देश्यले नेपाल बार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै अर्थहिन आन्दोलनमा उत्रिएको थियो ।
उक्त आन्दोलनमा साथ र समर्थन गुमाउँदै जाँदा उनीहरु राजनीतिक दलहरुलाई हार गुहार गर्न लागि परेका छन् । यहि सिलसिलामा आज नेपाल बार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जाने भएका हुन् । उनीहरु प्रधानन्यायाधीशलाई महाभियोग लगाउनका लागि एमालेलाई फकाउन कसरत गरिरहेको देखिएको छ । तर एमालेले प्रधानन्यायाधीशमाथि महाभियोग लगाईए अरु चार जना न्यायाधीशहरुमाथि पनि महाभियोग लगाउने चेतावनी दिईसकेको छ ।
अमुक न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउनका लागि बारका वरिष्ठ व्यक्तिहरुले सुनियोजित रुपमा आन्दोलन चर्काएको अधिकांश नेपाली जनताले बुझिसकेका छन् । र, त्यसको आलोचना पनि सर्वत्र हुन थालिसकेको छ ।