काठमाडौँ। कुशल बेलबासे र सुनिता बुढा क्षेत्रीको आवाज रहेको गीत 'रुँदै बित्छ रात' सार्वजनिक भएको छ। गीतमा रमेश परियारको शब्द तथा संगीत रहेको छ भने कृष्ण के.सीको संगीत संयोजन रहेको छ। बिनोद भण्डारीको कथा तथा निर्देशन रहेको गीतको भिडियोमा शिशिर पौडेल, सरिता ढुंगाना, बसन्त घिमिरे आदि कलाकारहरुको अभिनय रहेको छ। गीतको भिडियो 'सहारा इन्टरटेनमेन्ट' नामक युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: