एकदिवसीय क्रिकेटमा सर्वाधिक विकेट लिने बलर मुरलीधरण

काठमाडौँ - श्रीलंकाका अफ स्पिनर मुथैया मुरलीधरणले एकदिवसीय क्रिकेटमा आफ्नो नाममा एक विश्व कीर्तिमान राखेका छन्।

मुरलीधरण एकदिवसीय क्रिकेटमा सर्वाधिक विकेट लिने बलर हुन्। उनले ३ सय ५० खेलमा ५ सय ३४ विकेट हात पारेका छन्। श्रीलंकाली टोलीबाट उनले सन् १९९३ देखि २०११ सम्म निरन्तर क्रिकेट खेलेका थिए।

यसक्रममा उनले ३ सय ४१ इनिङ्स खेलेका छन्। आफ्नो २८ वर्षको क्रिकेट करिअरमा उनले एकदिवसीय खेलमा १८ हजार आठ सय ११ बल फ्याँकेका छन्।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×