काठमाडौँ – हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल आउने भएका छन्। एक्सन फर नेसन्सको आयोजनामा हुन गइरहेको महिला सशक्तिकरणका लागि आत्मरक्षा तालिम कार्यक्रमका लागि उनी आउने भएका एक्सन फर नेसन्सले जानकारी दिएको छ। उक्त कार्यक्रम यहि मार्च २६मा सञ्चालन हुनेछ।
नेपाल आउन लागेका हलिउड अभिनेता सिकाम समर्पित मार्शल आर्टिस्ट र विश्व च्याम्पियनसमेत रहेका छन्। ज्याकी च्यान, जेट ली र अधिकलगायत थुप्रै लोकप्रिय अभिनेताहरूसँग अभिनय गरिसकेका सिमाक एक्शन फर नेसन्सको सद्भावना दूत समेत रहेका छन्। यस संस्थाले अमेरिका, नेपाल, भारत र पाकिस्तानमा महिला सशक्तिकरणका लागि आत्मरक्षा तालिमलगायत महत्वपूर्ण कार्यहरु गरेको भन्दै हालै मात्र अमेरिकामा शो फेस्ट सोसल अवार्ड २०२२ समेत प्राप्त गरेको छ।