वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा ठग्दै हिँडेकी महिला पक्राउ

काठमाडौँ - वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन दिँदै सर्वसाधारण ठग्ने कार्यमा महिलाहरु पनि देखिएका छन्। त्यस्तै प्रलोभनमा ठग्दै हिँडेकी महिला पक्राउ परेकी छिन्।

खोटाङ घर भई हाल काठमाडौंको पुरानो बानेश्वरमा बस्ने माया बस्नेत थापालाई प्रहरीले ललितपुरको बङ्गलामुखीबाट पक्रेको ह। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो बेलुकी नियन्त्रणमा लिएको हो।

यसअघि उच्च अदालत पाटन, ललितपुरबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएकी थिइन्। बैकिङ कसूर मुद्दामा उनीविरुद्ध ९० लाख रुपैंया बिगो रकम दाबी गरिएको छ।

उनीविरुद्ध वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा ठगेको उजुरी परेको थियो। त्यसपछि पक्राउ पुर्जी जारी भएको थियो। उनलाई आवश्यक कारबाही र अनुसन्धानका लागि प्रहरी वृत्त, बालाजु पठाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×