भारत। बलिउडका दिवंगत कलाकार सिद्धार्थ सुक्लाकी प्रेमिका तथा पन्जाबी कलाकार शहनाज गिलका बुवा संतोख सिंह सुखमाथी दुई हतियारधारी व्यक्तिले गोलि चलाएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार संतोक सिंह सुख घर फर्किने क्रममा यो घट्ना घटेको हो। रिपोर्टका अनुसार घटना राती करिब ८:३०बजे घटेको हो।
संतोकले पुलिसलाई बताए की जब उनले पिसाब फेर्न गाडी रोकेका थिए। दुई व्यक्ति उनको गाडी नजिक रोकिए र उनीमाथी गोलि चलाउन थाले। उनीमाथी चार गोलि चलाइएको थियो। तर, हाल उनी सुरक्षित छन्। उनको ड्राइभरको ज्यान जोगिएको छ। घट्ना शंकास्पद भएकाले प्रहरीले अनुसन्धान अघि बढाउने जानकारी दिएको छ।