इटहरीमा कार तथा मोटरसाइकलको डिटेलीङ गरिने कार्जस्पा सञ्चालन

सुनसरी । इटहरीमा नेपालकै दोस्रो कार्जस्पा सञ्चालनमा आएको छ । कार तथा मोटरसाइकलको डिटेलीङ गरिने कार्जस्पा इटहरीमै पहिलो पटक  उद्घाटन भएको हो ।

इटहरीका बहत्तर लिम्बुले सञ्चालनमा ल्याएको कार्जस्पा बिहीबार पुर्वमन्त्री रामकुमार सुब्बाले उद्घाटन गरेका हुन् ।

इटहरी पूर्वकै उदयमान शहर भएकाले विराटनगर, धरान र बिर्तामोडका सेवाग्राहीलाई लक्षित गरिएको संचालक बहत्तर लिम्बुले जानकारी दिए ।

कार्जस्पामा कार वा बाइकको सम्पूर्ण पार्ट्सको मर्मत गरिन्छ । सवारी साधनलाई सुन्दर तथा आकर्षक बनाउने कार्जस्पा उपयोगी हुने इटहरीका सञ्चालक लिम्बुले बताए । चलाइरहेको गाडीको बाहिरी तथा भित्री आवरणमा उल्लेख्य सुधार हुने उनको भनाइ छ ।

यसअघि काठमाडाैं खुलेको कार्जस्पा इटहरीमा दोस्रो शाखाको रूपमा सञ्चालनमा आएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×