काठमाडौँ - नेपालले आज दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईसँग खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु भएको छ।
सोमबार भएको पहिलो एकदिवसीयमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो। पहिलोमा हार खाएसँगै ३ खेलको सिरिजमा नेपाल १-० ले पछि परिसकेको छ। घरेलु मैदानमा भएको सिरिज जित्नका लागि आजको खेलमा नेपाल दबाबमा हुनेछ।
नेपाल र यूएईबीच हुने ३ खेलको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ।