काठमाडौँ - नेपाली एथलेटिक्स टोली बंगलादेश गएको छ। बंगलादेशको ढाकामा आयोजना हुने ५ औं अन्तराष्ट्रिय आमन्त्रण बि.के.एस.पी. कप एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बंगलादेश गएका हुन्।
७ जना यू-१७ खेलाडी र ४ जना अफिसियल सहित कुल ११ सदस्यीय टोली बंगलादेश गएका हुन्। प्रतियोगिता मंसिर २७ गतेबाट २९ गतेसम्म आयोजना हुनेछ। ऋषि बहादुर कुमाल, पुष्पराज यादव, विश्वराम कँुवर, सनिल गोर्खाली, काथ्रिन बसुकला, सिमा श्रेष्ठ र ब्रिटिशा सिल्पकारले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।
एथलेटिक्स परिवार नेपालले पहिलोपटक संस्थागत पहलमा नेपालका एथलेटिक्स खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराएको हो।