काठमाडौँ - विश्वभर पछिल्लो २४ घण्टामा १३ लाख ७० हजार कोरोना संक्रमित थपिएका छन्। संक्रमित हुनेमा जर्मनीका एक लाख ४४ हजार, रुसका ८६ हजार, ब्राजिलका ५८ हजार, फ्रान्सका ५३ हजार, इटलीका ३९ हजार, टर्कीका ३२ हजार र अमेरिकाका १६ हजार रहेका छन् ।
यही अवधिमा १३ लाख ७५ हजार निको हुँदा ५ हजार ६३२ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रुसमा ७५०, ब्राजिलमा ६४५, अमेरिकामा ३२८, इटलीमा १७४, जर्मनीमा १५३ र फ्रान्समा १२० जना छन्।
निको हुनेमा अमेरिकामा एक लाख ६४ हजार, रुसमा एक लाख ५५ हजार, जर्मनीमा एक लाख ३५ हजार र फ्रान्समा ८६ हजार छन्।