काठमाडौँ - सन्दिप लामिछाने निलम्बित भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान बनेका रोहित पौडेल घरेलु फ्रेन्चाइज लिग, नेपाल टी-२० लिगमा भने टिमका उपकप्तान बनेका छन्।
नेपाल टी-२० लिगकाे फ्रेन्चाइज टोली विराटनगर सुपर किंग्सले राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितलाई छाडेर वेष्टइन्डिजका खेलाडी आन्द्रे म्याकार्थीलाई कप्तान बनाएको छ। बुधबार टिमकाे जर्सी तथा खेलाडी सार्वजनिक कार्यक्रममा विराटनगरले याे घाेषणा गरेकाे हाे।
६ वटा फ्रेन्चाइज टोली सहभागी नेपाल टी-२० लिग शुक्रबार देखि टीयू क्रिकेट मैदानमा सुरु हुदैछ। नेपाल क्रिकेट संघले पहिलाे पटक फ्रेन्चाइज लिग आयाेजना गर्न लागेकाे हाे।