काठमाडौँ – युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युभेन्ट्सलाई २-१ अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
समूह एचको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुबै गोल गरेका थिए। युभेन्ट्सका वेस्टन म्याककेन्नीले एक गोल फर्काएका थिए।
यस जितसँगै पीएसजीले पहिलो खेलबाट ३ अंक जोडेको छ। समूह एचकै अर्को खेलमा बेन्फिकाले मक्काबी हाइफालाई २-० ले पराजित गरेको छ।