मोरङ – नोबेल मेडिकल कलेज विराटनगरमा एक विरामीको पेटबाट फलामको सिक्री र पेटीको बक्कल निकालिएको छ। भोजपुर बस्ने २१ वर्षीय युवकको शल्यक्रिया गरी सिक्री र बक्कल निकालिएको हो।
मेडिकल कलेजका अनुसार ती युवकले आत्महत्या गर्ने उद्देश्यका साथ सिक्री र बक्कल निलेका थिए। त्यसरी निलेको सिक्री उनको पेटमा थियो भने बक्कल खाना नलीमा अड्किएको थियो। नोबेलका शल्य चिकित्सक डा. ध्रुवनारायण शाह र मोहन खड्कासहितको टोलीले इण्डोस्कोपिक विधिमार्फत बक्कल विरामीको मुखबाट र सिक्री दिसा नलीबाट निकालेको अस्पतालले जानकारी दिएको छ। उपचारपछि ती युवक घर फर्किएको अस्पतालले जनाएको छ।