आजको सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्यमा थोरै वृद्धि भएको छ।

हिजो आइतबार प्रतितोला रु. ९३ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. १००ले बढेर रु. ९३ हजार २०० मा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९२ हजार ७०० रहने छ जसको मूल्य आइतबार प्रतितोला रु. ९२ हजार ६०० तोकिएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु. १० ले घटेर एक हजार २५० रहेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०९ डलर आसपास कारोबार भइरहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×