काठमाडौं - काठमाडौंको तार्केश्वर नगरपालिका–६ धर्मस्थली तिमिल्सिना टोलस्थित बाटोमा काभ्रे घर भएका ४८ वर्षीय श्याम तामाङ शनिबार मृत अवस्थामा फेला परेका छन् ।
धादिङको नेत्रावती गाउँपालिका–५ कटुन्जे बस्ने ७१ वर्षीय बाबुकाजी मानन्धर सोही ठाउँस्थित महाबिरचुली भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । संखुवासभाको खाँदबारी नगरपालिका–७ डेरा गरी बस्ने सिलिचोङ गाउँपालिका–२ घर भएकी २६ वर्षीया विना राई आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
रूपन्देहीको मायादेवी गाउँपालिका–५ गोनाह बस्ने ६५ वर्षीय धनराज हरिजन सोही गाउँपालिका–६ खजुरियास्थित गहुँबारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।