बेनिशाले गरिन् ब्रिज हेयर एण्ड व्युटी सलुनको उद्घाटन

काठमाडौँ - फिल्म र गीत सुटिङस्थलमा जानु अघि प्राय व्युटी पार्लरमा समय बिताउने अभिनेत्री बेनिशा हमाल शनिबार अनिल थापाले सन्चालन गरेको हेयर एण्ड व्युटी सलुनको शुभारम्भ कार्यक्रममा देखिएकी थिइन्।

अभिनेतृ बेनिशा हमाल, अभिनेता निराजन प्रधान, तेज गिरी र पत्रकार ऋषि धमलाले रिबन काटेर सलुनको संयुक्तरुपमा उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै बेनिशाले जसलाई पनि राम्रो देखिन मन लाग्ने भन्दै हेयर एण्ड व्युटी सलुनको प्रगतिको कामना गरेकी थिइन्।

यस्तै अर्का अभिनेता निराजन प्रधानले कलाकारहरुले शीरदेखि पाउसम्म राम्रो देखियोस् भनेर ध्यान दिने गरेको बताउँदै त्यसमा व्युटी र ह्याण्डसम पार्लरहरुको पनि देन रहेको बताएका छन्।

कार्यक्रममा पत्रकार ऋषि धमलाले हरेक व्यक्तिलाई सुन्दर देखिने चाहना भएकाले यसको भविष्य उज्जवल रहेको बताएका थिए। आफूलाई पनि भ्याएसम्म चिटिक्क भएरै हिंड्न मन लाग्ने बताउँदै उनले त्यसका लागि ह्याण्डसम पार्लर नै जाने गरेको बताएका हुन्।

सञ्चालक थापाले यही क्षेत्रमा अमेरिका, युके र भारतमा समेत काम गरेकाले त्यहाँको अनुभवलाई स्वदेशमा उपयोग गर्न चाहेको बताए। ‘अब स्वदेशमै केही गर्न चाहन्छु भनेर ब्रिज हेयर एण्ड व्युटी सलोनको सुरुवात गरेको हुँ,’ उनले भने, ‘सबैको साथ र सहयोग पाउनेमा विश्वस्त छु।’ 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×