पशुपतिमा पुल भत्किँदा दुई भक्तजन घाइते

काठमाडौँ - बागमती नदीमाथि बनाइएको पक्की पुल भत्किँदा दुईजना भक्तजन घाइते भएका छन्। महाशिवरात्रिको साँझ पशुपतिनाथ मन्दिरबाट मृगस्थलीतर्फ जाँदा बागमती नदीमाथि बनाइएको पक्की पुलको पर्खाल भत्किँदा दुईजना भक्तजन घाइते भएका हुन्।

पशुपतिनाथ मन्दिरबाट मृगस्थलीतर्फ जान बागमती नदीमाथि बनाइएको पुराना दुई पुलमध्ये पुल नम्बर १ को छेउको पर्खाल मंगलबार साँझ भत्किँदा भक्तजनहरुको बिचल्ली भएको थियो। त्यसबेला पुलमा धेरै मानिस भए पनि दुईजना बागमती नदीमा खसेर घाइते भएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×