काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज (मंगलबार) एक खेल हुँदैछ । आज दिल्ली क्यापिटल्स र लखनउ सुपर किंग्सबीच खेल हुँदैछ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि शुरु हुनेछ ।
जारी आइपिएलमा दिल्ली क्यापिटल्सको प्लेअफको सम्भावना कठिन देखिएको छ । १३ खेलमा १२ अंकसहित दिल्ली छैटौं स्थानमा रहेको छ र यो खेल दिल्लीको लिग चरणको अन्तिम खेल समेत हो । यो खेल जितेपनि दिल्लीको प्लेअफको सम्भावना निकै कम रहेको छ ।
अर्कोतर्फ लखनउको भने प्लेअफको सम्भावना कायम रहेको छ । १२ खेलमा १२ अंकसहित सातौं स्थानमा रहेको लखनउले बाँकी खेल्न रहेका २ खेल जितेमा प्लेअफको सम्भावना कायम रहेको देखिएको छ । त्यसैले पनि लखनउका लागि यो खेलमा जित महत्वपूर्ण रहेको छ ।