काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको टि-२० को ब्याटिङ वरीयतामा यथावत रहेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा ऐरी लराउन्डरतर्फ आठौं स्थानमा यथावत रहन सफल भएका हुन्।
दिपेन्द्र ब्याटिङ वरीयताको ४२ औं स्थानमा रहेका छन्। ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल ३८ औं स्थानमा यथावत रहेका छन्। बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ४१ औं स्थानमा यथावत रहेका छन्। बलिङमै अविनाश बोहरा २ स्थान तल झरेर ९४ औं स्थानमा रहेका छन्।
नेपालले अब केन्यासँग टी-२० र एकदिवसीय अभ्यास सिरिज खेल्दैछ। जसमा ५ टी-२० खेलको सिरिज हुनेछ भने ३ एकदिवसीय सिरिज हुनेछ।