काठमाडौँ - महानगरीय प्रहरी वृत्त कालिमाटीको विशेष टोलीले लागु औषधसहित एक भारतीय नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–४ घर भई काठमाडौं टेकु बस्दै आएका २० वर्षीय अनिश थापा मगर र भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्ला वरमाभोजका १९ वर्षीय अजय गौतम छन्। उनीहरुलाई सोमबार टंकेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी अनिल घिमिरेले बताए। उनीहरुबाट ९ सय पिस नाइट्राभेट बरामद भएको छ।
दुवैजनाविरुद्ध लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।