काठमाडौँ - नेपाल एसिया रग्वी सेभेन्स ट्रफीको सेमिफाइनलबाट बाहिरएको छ। ७ राष्ट्र सहभागि रग्वी सेभेनमा नेपाल पाँचौ स्थानका लागि भएको सेमिफाइनलमा नेपाल मङ्गोलियासँग १०-५ ले पराजित भएको हो। नेपालले आफूले खेलेको ३ वटौ खेलमा हार व्यहोरेको छ।
इन्डोनेसियाको जकार्तामा भएको प्रतियोगितामा नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको थियो। नेपालको समूहमा सिंगापुर र आयोजक इन्डोनेसिया रहेका थिए। नेपाल पहिलो खेलमा सिंगापुरसँग ३८-० ले पराजित भएको थियो। दोस्रो खेलमा नेपाल इन्डोनेसियासँग ४३-० ले पराजित भयो।
पाँचौं स्थानको लागि मङ्गोलियासँग खेलिएको खेलमा भने नेपालले ५ स्कोर गरेको थियो। यस प्रतियोगितामा नेपालसहित भारत, इन्डोनेसिया, सिङ्गापुर, युएई, मङ्गोलिया र गुवामले प्रतिस्पर्धा गरेमा थिए। नेपालले चौथो पटक एसिएन रग्वी सेभेनमा भाग लिएको हो। सिङ्गापुर प्रतियोगितामा च्याम्पियन बनेको छ।
रग्वी सेभेनमा नेपालबाट कप्तान एलिसा थापा, उपकप्तान सिर्जना राई, पञ्चमाया श्रेष्ठ, सावित्री पुर्जा, सविना महर्जन, नानी तामाङ, सुजिना गुरुङ, मनीषा थापामगर, अप्सरा कार्की, विशाका राई, सर्मिला राई र अपना पौडेलले भाग लिएका थिए।