सत्ता गठबन्धन त्यागी जसपा पुग्यो एमालेसँग गठबन्धन गर्न

काठमाडौँ - सत्ता गठबन्धनको आजको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान ९ बजेबाट जारी गठबन्धनको बैठकमा जसपाका नेताहरु सहभागी नभएको कांग्रेस महामन्त्री गगन थापाको भनाइ छ। थापाका अनुसार बैठकमा कांग्रेस माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरु मात्र सहभागी छन्।

अब विगतमा जसपाले दाबी गरेका क्षेत्र कांग्रेस, माओवादी र एकीकृत समाजवादीले बाँडफाँट गर्ने भएका छन्। यसमा केही समय लाग्ने भन्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको कार्यसम्पादन समितिको बैठक मध्यान्ह १२ बजे बोलाएका छन्।

सिट बाँडफाँटको कुरामा सहमति नहुन नसकेपछि बिहीबारबाटै गठबन्धनबाट बाहिरिएको थियो। जसपा एमालेसँग तालमेलको तयारीमा छ। बिहीबार गठबन्धनसँग अन्तिम बैठक गरेर जसपा अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए। 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार आजै अबेरसम्म सिट बाँडफाँट टुंग्याउने  एमाले र जसपाको तयारी छ। उनले २०–२२ सिटमा एमाले र जसपाबीच सहमति हुने बताए। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×