इगा स्विटेक युएस ओपनकाे सेमिफाइनलमा

काठमाडौँ - विश्व नम्बर १ पाेलिस स्टार इगा स्विटेक युएस ओपन टेनिस प्रतियाेगिताकाे सेमिफाइनलमा प्रवेश गरेकी छिन्।

उनले आज बिहान सम्पन्न खेलमा अमेरिकाकी जेसिका पेगुलालाई २-० काे साेझाे सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी हुन्।

आर्थर एस स्टेडियममा स्विटेकले खेल ६-३ र ७-६ (७-४) ले आफ्नो पक्षमा पारिन्। अब उनले फाइनल प्रवेशका लागि बेलारुसकी आर्यना साबालेन्काकाे सामना गर्नेछिन्।

साबालान्काले चेक रिपब्लिककी क्याराेलिना पलिस्काेभालाई ६-१ र ७-६ (७-४) ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेकी हुन्।

याेसँगै प्रतियाेगिता अन्तर्गत महिलातर्फकाे सेमिफाइनल समीकरण पूरा भएकाे छ। यी दुईसँगै फ्रेन्च खेलाडी क्याराेलिना गार्सिया र ट्युनिसियाकी ओन्स जाबेउरले अन्तिम चारमा स्थान बनाएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×